
पूर्णपुष्टि, भदौ १८
नेपालमा आज थप एक हजार दुई सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४२ हजार आठ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार चार सय १३ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय २८ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।
त्यस्तै गत २४ घण्टामा थप नौ सय १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार दुई सय सात पुगेको मन्त्रालयले जनाएको छ ।
अब १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।
त्यस्तै गत २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।
