Monday, June 29News That Matters

नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असोज ११

नेपालमा आज थप एक हजार पाँच सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७३ हजार तीन सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार एक सय २३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ७३ जनामा सङ्क्रमण देखिएको हो ।

गत २४ घण्टामा आठ सय ८५ जना निको भएर डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या ५३ हजार आठ सय ९८ जना पुगेको छ ।

अब नेपालमा १९ हजार १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार दुई सय ८१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने संक्रमणको मृत्यु हुनेका संख्या चार सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।