Friday, June 19News That Matters

नेपालमा थप २८१२ जना कोरोना संक्रमण मुक्त

पूर्णपुष्टि, कात्तिक २३

नेपालमा थप दुई हजार आठ सय १२ जना उपचारपछि निको भएर डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या एक लाख ५७ हजार नौ सय २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार आठ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सख्ंया एक लाख ९४ हजार चार सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।