
पूर्णपष्टि, जेठ २७ गते ।
आज नेपालमा थप ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ४ हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा ३ जना पुरुष, कोशी अस्पताल प्रयोगशलामा ईलामको १ जना पुरुष, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परिक्षणमा सुनसरीको १ जना पुरुष, सप्तरीको ५ जना पुरुष र १ जना महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रादेशकि प्रयोगशला भरतपुरमा गरिएको परिक्षणमा चितवनको २० जना पुरुष र ४ जना महिला, नवलपुरका २ जना पुरुष र १ जना महिला, धादिङका १ जना महिला, कपिलवस्तुका १ जना महिला, सप्तरीका १ जना महिलामा संक्रमण पुष्टि भएको जनाईएको छ ।
त्यस्तै प्रादेशीक प्रयोगशला पोखरामा गरिएको परिक्षणमा म्याग्दीका १ जना पूरुष, नवलपुरका १२ जना पुरुष, बाग्लुङका ११ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै प्रादेशीक प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा धनुषाका १९ जना पुरुष र २ जना महिला, महोत्तरीका १८ जना पुरुष र १ जना महिला, सर्लाहीका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परिक्षणमा दाङको ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै भेर अस्पतालको प्रयोगशलामा गरिएको परिक्षणमा बाँकेका ७ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा जुम्लाका १ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै सुर्खेत प्रादेशीक अस्पताल तथा पशुपञ्छि रोग अन्वेशन प्रयोगशलामा गरिएको परिक्षणमा सल्यानको १२ जना पुरुष, सर्खेतका २ जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै सेती प्रादेशी प्रयोगशलामा गरिएको परिक्षणमा दार्चुलाका १ जना पुरुष, कन्चनपुरका १७ जना पुरुष र २ जना महिला, डढेलधुराका ६ जना पुरुष र १ जना महिला, कैलालीका १ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रादेशीक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रुपन्देहीका २० जना परुष, कपिलवस्तुका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकमा गरिएको परिक्षणमा धनुषाका २४ जना पुरुष, कपिलवस्तुका ४ जना पुरुष र ३ जना महिला, महोत्तरीका २४ जना पुरुष र ७ जना महिला, नवलपरासी पश्चिमका १२ जना पूरुष, नुवाकोटका २ जना पुरुष, रौतहटका २१ जना पुरुष, सर्लाहीका १६ जना पुरुष, सिराहाका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
उक्त संक्रमित मध्ये अहिलेसम्म ५ सय ८४ जना उपचारपछि निको भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।
