Sunday, June 28News That Matters

नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ५ गते ।

नेपालमा थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

आज थपिएका ८८ महिला र ३ सय ३८ पुरूष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म उपचारपछि निको हुनेको संख्या १ हजार ४ सय २ जना पुगेको छ । आज थप २ सय १६ जना उपचारपछि निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये २२ जनाको मृत्यु भईसकेको छ ।