
पूर्णपुष्टि, जेठ २० गते ।
नेपालमा थप ४५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
मकवानपुर १, गुल्मी १, स्पन्देही १६, कपिलबस्तु ९, सुनसरी १, झापा १७ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ सय ६६ पुगेको छ ।
पछिल्लो सयममा भारतबाट आउनेको संख्या बढेसँगै संक्रमितको संख्या तिब्र रुपले बढ्दै गएको छ । आज एकै दिन २ सय ८८ जना नयाँ संक्रमित थपिएर नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ भने ८ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ ।
