Saturday, June 27News That Matters

नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १ गते । 

आज नेपालमा थप ४ सय ५१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितहरु मध्ये ४ सय १६ जना पुरुष र ३५ जना महिला रहेको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो ।

अहिलेसम्म नेपालमा ४ सय ७१ जना महिला र ५ हजार ७ सय ४० जना पुरुषमा संक्रमण पुष्टि भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उक्त संक्रमित मध्ये पछिल्लो २४ घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित उपचारपछि निको हुनेको संख्या १ हजार ४१ पुगेको छ । जसमध्ये  १ सय४ जना महिला र ९ सय ३७ जना पुरुष रहेको छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भईसकेको छ ।