Thursday, May 7News That Matters

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १५

आज नेपालमा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय १२ महिला र ३ सय ६४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप १ सय २१ ज्ना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ महिला र पुरूष १ सय ८ जना पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप १ जनाको मृत्यु भएको छ । ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा रौतहटका ३० वर्षका एक पुरूषको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ  ।