
पूर्णपुष्टि, फागुन २८
नेपालमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना मुक्त भएसँगै अहिलेसम्म २ लाख ७१ हजार १ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९२९ रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३ हजार १२ जनाको मृत्यु भईसकेको छ ।
