Sunday, June 28News That Matters

नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार १७

नेपालमा अज थप ४ सय ८२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय १७ महिला र ३ सय ७५ पुरुषमा संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका कोरोना संक्रमित मध्ये अहिलेसम्म ४ हजार ६ सय ५६ जना उपचारपछि निको भएका छन् भने ३० जनाको मृत्यु भईसकेको छ ।