
पूर्णपुष्टि, असार ८
नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ९ हजार ५ सय ६१ पुगेको छ ।
उक्त संक्रमित मध्ये थप ३ सय ७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ भने २३ जनाको मृत्यु भईसकेको छ ।
