Friday, June 26News That Matters

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, सार १३

नेपालमा आज थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ ।

उक्त संक्रमित मध्ये उपचारपछि आज थप १ सय ३६ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ हजार ८ सय ३४ जना पुगेको छ भने २८ जनाको मृत्यु भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीया पुरुष रहेको छ । उनी फोक्सोको क्यान्सरका बिरामी रहेको मन्त्रालयले जनाइएको छ ।