
पूर्णपुष्टि, असार २७
नेपालमा आज थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ सय ३१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको छ ।
अहिले नेपालमा कोरोना संक्रमितको ५० प्रतिशत उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
