Monday, June 29News That Matters

नेपालमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, चैत ७

नेपालमा आज थप ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २६ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ७५ हजार आठ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार आठ सय १५ पुगेको छ । अहिले नेपालमा नौ सय ९८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमणबाट गत २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । कोरोना संक्रमबाट नेपालमा अहिलेसम्म तीन हजार १६ जनाले मृत्यु भईसकेको मन्त्रलयले जनाएको छ ।