
पूर्णपुष्टि/चैत्र,२२
अहिले सम्म बाहिर बाट आएको व्यक्तिहरु बाट मात्रै फैलिएको संक्रमण स्थानीयमा पनि सरेको छ । प्रत्यक्ष नेपालमै पनि यो संक्रमण एक व्यक्ति बाट अर्को व्यक्तिमा सरेको स्वास्थ्य मन्त्रालयको आधिकारिक पेजमा उल्लेख गरिएको छ । अहिले संक्रमणको संख्या ९ मध्ये १ जनामा भने नेपालमै सरेको जनाइएको छ ।
भर्खरै थप ३ जनामा देखिएको संक्रमण मध्य एक ३४ बर्षिया कैलालीको महिलामा कोरोना संक्रमण देखिएको हो । उनि कैलालीका १ जना विदेश बाट आएका संक्रमित व्यक्तिको आफन्त पर्ने जनाइएको छ ।
‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ,’ उनले अघि भने, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’
कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । त्यसैले नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्कीले बताए ।
