
पूर्णपुष्टि,माघ २८
मोरङ विराटनगर–५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलील राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र निजको भाई बिक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा निजहरुको कोठाबाट आइएनजे अमिडो, आइएनजे पारासेटामोल, आइएनजे डेस्रिम नुफटस–७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको औषधीहरु फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने एचपी कम्पनीको कलर प्रिन्टर समेत फेला पारी बरामद गरेको छ ।
कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

