
पूर्णपुष्टि, बैशाख २४
पूर्व ब्रिटिस गोर्खा सैनिक परिवारकी नेपालकी चेली रेबेका राई बेलायतका सोलिसिटर्स (वकिल) बन्न सफल भएकीछिन् । पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ हाल अक्सफोर्डसायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसिटर्स बनेकी हुन् ।
रेबेका गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर)मा २० बर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी हुन् । रेबेका बेलायती सोलिसिटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स (वकिल) बनेकी हुन् ।
रेबेकाको परिवारमा बुवा भिम राई आमा तारा राई र दाई डा.जेनेश राई छन् । रेबेकाको दाई पनि डा. जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन् । डा. जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ बर्षे (कोलोरेक्टल सर्जन)को तालिममा छन् । रेबेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रेजी कानुनमा (प्रथम श्रेणी) डिग्री हासिल गरेकी थिईन् ।
त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसिटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिईन् । सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट लिगल प्राक्टिस कोर्स (एलपिसी) गरेकी उनले अर्को बर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसिटर्स’ बर्मिङघाममा प्यारा लिगलको तालिम लिएकी छन् ।
लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई बर्षे ट्रेनी सोलिसिटर्स गरेकी छन् ।
१० जुलाई १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा जन्मिएकी रेबेकाले सन् १९९५ मा हङकङ छाडेर ५ बर्ष काठमाण्डौंमा बिताइन् र सन् २००० मा बेलायत पुगेकी हुन् ।
छोरा छोरीको प्रग्रति प्रति पूर्व ब्रिटिस गोर्खा सैनिक बुबा भिम राईले निकै खुसी व्यक्त गर्नुभयो । आज छोराछोरी हुनुमा आफु निकै गर्भ गर्न लायक भएको बताउनुभयो । आफुले ठुलो सपनाहरु देख्ने कुनै अवसर पाईन किनकी हाम्रो पालोमा सेवा सुविधा र जिन्दगीमा प्रतिष्ठित स्कूल एवं कलेजको अनुहार देख्ने अबसर कहिले पनि पाएको थिइनँ,’ उहाँलाले भन्नुभयो ‘त्यसैले मसँग विश्व विजय हासिल गर्ने असंख्या सपनाहरु केही पनि थिएन । तर त्यो आज छोराछोरी बाट पुरा भएको छ ।
