Saturday, June 6News That Matters

नेप्से २२ अङ्क भन्दा बढीले बढ्यो

पूर्णपुष्टि, भदौ १५

आज नेप्से परिसूचक २२.३१ अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक बढेर १४ सय ८४.९९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि दुई अङ्कभन्दा धेरैले बढेको छ । होटल समूहबाहेक सबै समूहको उपसूचक बढेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २ सय ६०.३३ अङ्कले बढेको छ । त्यसैगरी निर्जीवन बीमा समूहको उपसूचक २ सय ३३.७ अङ्कले बढेको छ ।

तीन अर्ब ४६ करोड रुपैयाँ बराबरका ७७ लाख ६३ हजार कित्ता शेयर किनबेच भएका छन् । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २८ करोड ७४ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सोमबार सबैभन्दा धेरै पाँच प्रतिशत कमाएका छन् । अरुण काबेली पावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे चार प्रतिशतभन्दा धेरै गुमाएका छन् ।