Saturday, June 27News That Matters

नेप्से २३ अङ्कले घट्यो

पूर्णपुष्टि, फागुन २५ 

आज शेयर बजार परिसूचक नेप्से २३ अङ्कले घटेको छ । होटल, जलविद्युत् र म्युचल फण्डबाहेक अन्य सबै समूहको शेयर घटेपछि नेप्से २३.२२ अङ्कले घटेर २४ सय ६१.८८ विन्दुमा झरेको छ ।

बैंकिङ समूहको शेयर झण्डै २२ अङ्कले, व्यापारको ५० अङ्कले, फाइनान्सको साढे चार, निर्जीवन बीमाको एक सय १४, उत्पादनको ८९, अन्यको २०, माइक्रो फाइनान्सको ४७ र जीवन बीमा समूहको शेयर दुई सय एक अङ्कले घटेको छ ।

कारोबार रकम पाँच अर्ब रुपैयाँमा भन्दा कममा सीमित भयो । दुई सय १० कम्पनीका एक करोड २४ लाख ८२ हजार कित्ता शेयर चार अर्ब ७५ करोड २७ लाख रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ६५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सर्पोट माइक्रो फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा घटेको छ । समग्र बजार घटे पनि हिमालयन ऊर्जा विकास कम्पनी, चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो, रैराङ हाइड्रो र युनाइटेड फाइनान्सको शेयर ९ प्रतिशतभन्दा धेरै बढेको छ ।