Tuesday, June 9News That Matters

नेरुडे उपशाखाद्वारा कोरोना जोखिम व्यवस्थापन कोषलाई सहयोग

पूर्णपुष्टि, जेठ ८ ।

नेरूडे लघूबित्त बित्तीय संस्था लिमिटेड उपशाखा कार्यालय गाइघाटले आज त्रियुगा नगरपालिकालाई कोरोना ९कोभिड १९० जोखिम व्यवस्थापन कोषका लागि सहयोग रकम प्रदान गरेको छ ।

संस्थाले उपशाखाको तर्फबाट १० हजार रुपैया सहयोग प्रदान गरेको हो । उपशाखाका प्रवन्धक इश्वरी प्रसाद दाहालले मेयर बलदेव चौधरीलाई सो रकम वरावरको चेक हस्तान्तरण गर्नुभयो ।

प्रवन्धक दाहालका अनुसार सो वित्तिय संस्थाले देशैभर उपशाखा रहेको गाउपालिका वा नगरपालिकालाई १० हजारको दरले सहयोग प्रदान गरेको छ भने केन्द्रिय कोषमा पाँच लाख रुपैया जम्मा गरिसकेको छ ।