
पूर्णपुष्टि, पौष १४
नेशनल लाईफ इन्स्योरेन्स गाईघाट शाखाले म्यादी बैदेशिक रोजगार बिमा अन्तरगतको चेक मृतक परिवारलाई हस्तान्तरण गरेको छ । शाखाले १४ लाख बराबरको चेक मंगलबार परिवारलाई हस्तान्तरण गरेको हो ।
गाईघाट स्थित शाखा कार्यालयमै परिवारलाई उपस्थित गराई शाखाका प्रमुख प्रेम कुमार राईले चेक हस्तान्तरण गर्नुभयो ।
मृतककी श्रीमती चौदण्डीगढी नगरपालिका ४ बर्खेडाँडाँकी रोजिना विश्वकर्मालाई चेक हस्तान्तरण गरिएको छ ।
रोजिनाको श्रीमान हर्क बहादुर विश्वकर्मा २०७४ चैत्र ७ गते बैदेशिक रोजगारको क्रममा मलेसिया प्रस्थान गरेका थिए । बेस्ट वर्क प्रेसिजन जोहर कम्पनीमा कार्यरत हर्क बहादुरले झुन्डिएर आत्माहत्या गरेको परिवारले जनाएको छ । २५ बर्षिय हर्क बहादुरले गत भदौ १७ गते मलेसियामै झुन्डिएर आत्माहत्या गरेको परिवारको भनाई छ ।
बैदेशिक रोजगारको क्रममा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीमा हर्कबहादुरले इन्स्योरेन्स गरेका थिए । बैदेशिक बिमा बापतको १० लाख र थप सेवा सुविधा बापतको ४ लाख गरी मृतकको परिवारलाई १४ लाख बराबरको चेक बुझाईएको गाईघाट शाखाका प्रमुख प्रेम कुमार राईले बताउनुभयो ।
राईका अनुसार पहिले त्यो वेला म्यादी बैदेशिक रोजगारमा १० लाख बराबरको बिमा गराउने गरेको जनाउनुभयो । तर अहिले भने नेपाल सरकारले बढाएर १५ लाखको पुराएको राईको भनाई छ । हर्क बहादुर बिश्वकर्माको भने ४ लाख थप सेवा सुविधा बापत गरी १४ लाख पुगेको कम्पनीले जनाएको छ । 
चेक हस्तान्तरण सँगै शाखा प्रमुख राईले बिमा सबै क्षेत्रको व्यक्तिहरुका लागि अपरिहार्य रहेको सुझाउनुभयो ।
बिमाले नास नगराउने बरु बचतमा टेवा पुराउनाले सफल भविष्यको पहिलो कदम नै बिमा रहेको उहाँले बताउनुभयो । राईले सम्पूर्ण नेपाली नागरिकहरुलाई सुरक्षित बविष्यका लागि बाराम्वार बिमा गर्न अनुरोध समेत गर्दै आउनुभएको छ ।
कार्यक्रममा गाईघाट शाखाका बजार प्रबन्धक केवि ठकुरी सहितले चेक हस्तान्तरण गर्नुभएको थियो ।
