Wednesday, July 8News That Matters

न्यायको पहुँच सवलीकरण तथा सामाजिक लेखा परिक्षण सम्पन्न

पूर्णपुष्टि, पुष ११ । द्धन्द्ध पीडित महिला सञ्जाल उदयपुरले न्यायमा पहँुचको सवलीकरण तथा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सञ्जालले मनोविमर्श सेवामार्फत समाजमा शान्ति स्थापनाको भुमिका गर्दै आएको कार्यक्रममा उपस्थितले बताए । उक्त कार्यक्रम सोमबार गाईघाटको मकालु होटलमा द्धन्द्ध पीडित महिला राष्ट्रिय सञ्जाल उदयपरको आयोजना र नागरिक आवाज साझेदारमा कार्यक्रमको आयोजना गरेको थियो ।

संस्थाले सेवा, सुुविधाबाट बन्चित, हिंसामा परेकालाई सहयोग गर्दै पीडितलाई आप्mनो न्याय आफै खोज्न सक्ने र सुविधाको लेखाजोखा गर्न सक्ने बनाउदै गएको छ । थोरै बजेटमा धेरै गतिविधि गरेको संस्थालाई अव स्थानीय तहहरुले सघाउनु पर्ने सरोकारवालाहरुले बताए ।