
पूर्णपुष्टि, चैत्र ४ । अबको समय गर्मिको हो । करिब चैत्र देखी गर्मिले मानिसलाई सताउन थाल्छ । यो बेला मानिसले पंखा र कुलर, एसिको खोजी गर्न थाल्छन् । यो वेला हावा भएको ठाउँहरु र अग्ला डाँडाहरुको खोजी हुन थाल्छन् ।
चिसो ठाउँहरु अब मानिसहरुले रुचाउँछन् । तर मधेश प्रदेशका एक नगरपालिकाले समय विपरिद वस्तु नागरिकलाई वितरण गरेको छ । जाडो मौसममा बाँड्नु पर्ने सिरक गर्मि लागेपछि बितरण गरेको छ । धनुषाको नगराराइन नगरपालिकाले गर्मि समय आएपछि नागरिकलाई फाइबर सिरक वितरण सुरु गरेको छ । जाडोबाट जोगिन भन्दै वडा। नं। ७ का जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई सिरक वितरण गरिएको हो ।
शुक्रबार वडाका २०० भन्दा बढी नागरिकलाई सिरक वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण साहले जानकारी दिए । वडाको अनुमानित सात लाख बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपांगलाईलाई वितरण गर्ने काम भइरहेको छ । प्रति सिरक २ हजार २ सयको दरले खरिद गरिएको वडाध्यक्ष साहले बताए ।
