
पूर्णपुष्टि, ५ भदौ ।
सालकको खपेटा (आखेटोपहार) बिक्रि बितरण गरेको आरोपमा उदयपुरका दुई र सप्तरीको एक गरी तिन जनालाई डिभिजन बन कार्यालय मोरङले पक्राउ गरेको छ । लोपन्मुख बन्यजन्त सालकको आखेटोपहार बिक्रि वितरण तथा ओसार पसार गरेको आरोपमा पक्राउ परेका अभियुक्तले थप ब्यक्तिहरुको नाम खोलेपछि जिल्ला उदयपुर बेलका नगरपालिका ३ का ४८ बर्षिय कृष्ण बहादुर मगर, ६ नं वडाका डिक बहादुर मगर र जिल्ला सप्तरी कृष्ण सवरण गाउँपालिका वडा न.१ का ५५ बर्षिय उमेश प्रसाद चौधरी गरी ३ जना पक्राउ परेहको हो ।
उनिहरुलाई मोरङ प्रहरीको समेत सहयोगमा पक्राउ गरिएको कार्यालयले जनाएको छ । शनिवार बेलका नगरपालिका वडा नं ३ सातपत्रेबाट उनिहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पथरीमा राखिएको र आईतबार डिभिजन वन कार्यालय उदयपुरमा ल्याई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम अनुसन्धान भैरहेको जनाईएको छ । कार्यालयका अनुसार ४ केजी भन्दा बढी सालकको खपेटा र मोटरसाईकल सहित उनिहरुलाई पक्राउ गरिएको हो ।

