Sunday, June 21News That Matters

पछिल्लाे २४ घण्टामा नेपालमा ४ लाख ३९ हजार, विश्वमा १६ कराेड १९ लाख संक्रमित

पूर्णपुष्टि, वैशाख ३१ ।

देशभर कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ । ८ हजार ५ सय २० जना थपिएसंगै संक्रमितको संख्या ४ लाख ३९ हजार ६ सय ५८ पुगेको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय ३ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको हो । आज ६ हजार १ सय ३५ जना निको थपिएसंगै देशभर निको हुनेको संख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड १९ लाख ६ सय २२ पुगेको छ । विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ६० हजार ६ सय ५१ छ भने निको हुनेको संख्या १३ करोड ९७ लाख ४२ हजार १ सय ६ रहेको छ ।