
सुनसरी, असोज २३
सुनसरीबाट अतिसबाजी (पटका) सहित दुई जना पक्राउ परेका छन् । ईटहरी–५ स्थित राजमार्ग एरियाबाट पटकासहित दुई जना पक्राउ परेका हुन् ।
सुनसरी श्रीपुरका १९ बर्षीय आलम मिया र २७ बर्षीय समिर मिया पक्राउ परेको प्रहरीले जनाएको छ । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई हिजो बिहान ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । श्रीविजाई–कोब्रा ६७ बण्डल पटका बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

