Wednesday, September 9News That Matters

पत्रकार महासंघ उदयपुरका संस्थापक सचिव बद्रीप्रसाद काफ्लेको निधन

पूर्णपुष्टि सम्वाददाता
उदयपुर, भदौ २४ ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको निधन भएको छ ।
काफ्लेको बुधबार बिहान त्रियुगा नगरपालिका–१०, गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा निधन भएको हो ।
काफ्लेले २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठनका क्रममा सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले तत्कालीन समयमा ‘त्रियुगा अर्ध साप्ताहिक’ नामक पत्रिका प्रकाशनसमेत गर्नुभएको थियो ।
स्वर्गीय काफ्ले लामो समयदेखि गम्भीर बिरामी भई करिब एक वर्षदेखि अचेत अवस्थामा रहनुभएको थियो । उहाँका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् ।