Saturday, June 20News That Matters

पत्रकार हुँ भनी ठगी गरेको अभियोगमा दुई जना पक्राउ

पूर्णपुष्टि, भदौ ९

पत्रकार हुँ भन्दै ठगाी गरेको अभियोगमा दुई जना युवा पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीका अनुसार धर्मेन्द्र शाही र राजेन्द्र विकलाई ठगी अभियोगमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेको शाही र विकले आफुहरु एक टेलिभिजनको सुर्खेत संवाददाता हो भनेर परिचय दिएको खुल्न आएको छ ।

घर्तीले पक्राउ परेका दुवै जनामाथि ठगी मुद्दा चलिरहेको बताउनुभयो । ठगी मुद्दामा पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी घर्तीले जानकारी दिनुभयोे ।