Monday, July 6News That Matters

पत्रकारलाई ज्यान मार्न धम्कि दिने मेयरलाई कार्वाही गर्न कांग्रेस मधेश प्रदेशको माग

पूर्णपुष्टि, पुष १९
नेपाली कांग्रेस मधेश प्रदेशले पत्रकारमाथी गुण्डागर्ती सब्द प्रयोग गर्दै ज्यान समेत मार्न धम्की दिने मेयरलाई तत्काल कार्वाहीको माग राखेका छन् । कांग्रेस मधेश प्रदेशले मेयरलाई कानुनको दायरामा ल्याउनु पर्ने जोडदार माग राखेको हो । ।अनलाइनखबरकर्मी शैलेन्द्र महतोलाई ज्यान मार्ने धम्की दिने विदेह नगरपालिकाका मेयर बेचन दासलाले ज्यान मार्ने धम्की दिएका थिए । प्रदेश सभा सांसदले शपथ लिने कार्यक्रमको समाचार संकलन गर्न जनकपुर पुगेका पत्रकार महतोलाई विदेह मेयर बेचनले ज्यान मार्ने धम्की दिएका थिए ।
सार्वजनिक स्थलमै ज्यान मार्नेसम्मको धम्की दिइनु दुर्भाग्यपूर्ण र अपराध भएको भन्दै कांग्रेस मधेश प्रदेशका तर्फबाट प्रचारप्रसार समितिका प्रमुख नितेशकुमार गुप्ताले कानुनी कारबाहीको माग गरेका हुन् । प्रदेश सभा प्राङ्गणमै दर्जनौ व्यक्तिहरुकोबीचमा मेयर बेचनले पत्रकार शैलेन्द्रसहितका पत्रकारलाई धम्की दिएका थिए ।