
पूर्णपुष्टि, चैत २९ गते ।
भारतको पन्जावमा लकडाउन र कर्फ्युको समय बढाउने निर्णय भएको छ । पन्जाब सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै आगामी मे १ अर्थात वैशाख १९ गतेसम्मका लागि लकडाउन र कर्फ्युको समय बढाउने निर्णय गरेको संचारमाध्यमले जनाएका छन् ।
पन्जाबमा मात्रै कोरोना सङ्क्रमणका कारण १ सय ३२ जनामा कोरोना पुष्टि भएको मध्ये ११ जनाको मृत्यु भईसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५ जना उपचारपछि निको भएका छन् । अहिलेसम्म २ सय ४९ जनाको मृत्यु भएको छ भने ७ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको जनाईएको छ ।
