Monday, April 20News That Matters

परराष्ट्रमन्त्री खड्काले लिए सपथ, संयुक्त राष्ट्रसंघको कार्यक्रममा भाग लिन आजै न्युयोर्क जाने

पूर्णपुष्टि, असोज ६
नेपाल सरकारले डा. नारायण खड्कालाई पराष्ट्रमन्त्रीको पदमा सपथ खुवाएको छ । मन्त्री खड्कालाई सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराईन् ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् ।
आजै पराष्ट्रमन्त्री सम्हालेका डा. खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आजै न्युवोर्क उड्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो । सो सहमतिअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले डा. खड्कालाई मन्त्री नियुक्त गरेको जानकारी राष्ट्रपतिलाई दिएका थिए ।