Sunday, June 7News That Matters

पर्यटन वर्षका स्वागतको तयारी पुरा

उदयपुर, पुस १३ गते ।

उदयपुरका चौदण्डिगढीले नेपाल भ्रमण वर्षलाई “राईड टु चौदण्डिगढी”द्धारा स्वागत गर्ने भएको छ । चौदण्डिगढी नगरपालिकाले सन् २०२० लाई “राईड टु चौदण्डिगढी”का साथ विभिन्न कार्यक्रमको आयोजना गरी भब्यताका साथ स्वागत गर्ने भएको हो ।

भित्रनै लागेको नेपाल भ्रमण वर्ष सन् २०२०लाई भव्यताका साथ स्वागत गर्ने तयारी पुरा भएको आईतबार पत्रकार सम्मेलन गर्दे चौदण्डिगढी नगरपालिकाले जानकारी गराएको हो । उक्त दिन नगर भित्रका सवै विद्यालयदेखि सरकारी कार्यालयहरु बन्द हुने पालिकाले जनाएको छ ।ऐतिहासिक चौदण्डिगढी दरबारको लगायत पर्यटकिय स्थलहरुको उजागर गर्दै पहिचान गराई आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य रहेको चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए ।  पर्यटनको माध्येमबाट नगरको पहिचान गर्दै विकास गर्ने मेयरले बताए ।

हिजो बजारीया खाद्य सामाग्रीमा निर्भर रहेको चौण्डिगढी दरबार क्षेत्रमा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै विकासका लागि पालिका लागि परेको मेयर राईले बताए । स्थानीय उत्पादनलाई विशेष जोड दिएपछि बाहिरबाट ल्याईने पानीको बोतलहरु देख्न नपाईने र होटलहरुमा किन्न र पहुनालाई पनि स्थानिय उत्पादनका परिकारको स्वाद चखाउने उनले बताए । पर्यटन वर्षको स्वागत कार्यक्रममा नगरपालिकाले १३ औँ सागमा उदयपुरका विजेताहरुलाई पुरस्कृत गर्ने उनले मेयर राईले बताए । स्वर्ण पदक, कास्य पदक र रजत पदक विजेतालाई क्रमश ः४०, ३० र २० हजार रुपैयाँले पुरस्कृति गर्ने राईले बताए ।

स्वर्ण पदकमा कटारीकी अनुपमा मगर र बेलकाकी संगिता मगर, कास्य पदक विजेताहरु क्रमशः चौदण्डिगढीकी वविता श्रेष्ठ, निशा राई, रन्जना राई, कविता राई, बन्दना राई, सँगिता राई र प्रशिक्षकहरु जिल्ला हेण्डबल उदयपुरका पर्वत गुरुङ्ग, चौनपाकी सहायक प्रशिक्षक विन्दाकुमारी थापा र त्रिनपाकी पार्वती राईलाई हुने पालिकाले जनाएको छ ।नगर भित्र रहेका पर्यटकिय स्थलको अवलोकन गराउने चौदण्डिगढी नगरपालिका–१ वडाका वडाध्यक्ष तथा नगरका प्रवक्ता रामकुमार खड्काले बताए । बेल्टारको विपि चौकबाट सुरु भएको राईड टु चौदण्डिगढीले सवै वडाका पर्यटकिय स्थलहरुलाई छुने उनले बताए ।

राईड टु चौदण्डिगढीको दुरी करिब ६० किलोमिटर रहेको खड्काले बताए । विपि चौकबाट सुरु भएको राईड टु चौदण्डिगढी विरेन्द्र बजार–सुगाचरी–शान्तिबाटीका–भ्यूटावर–विशासय मन्दिर–चौदण्डिगढी दरबारहुदै चार भञ्ज्याङदेखि बेलका मन्दिर–कोवाखानी पिक्निक स्पोर्ट–रमिते डाँडा–थानपोखरी–भिमसेन थान लगायतका पर्यटकिय स्थललाई प्रत्यक्ष छुने पालिकाले जनाएको छ ।