Tuesday, June 30News That Matters

पर्यटनको बजेट बढ्यो, २७ अर्ब ४७ करोड बिनियोज

पूर्णपुष्टि, जेष्ठ १५

आगामि पर्यटन योजनाको लागि सरकारले आर्थिक बर्ष २०७८÷७९ को बजेट पर्यटन क्षेत्रको लागि २७ अर्ब ४७ करोड बिनिनियोज गरेको छ । गत आर्थिक बर्षको तुलनामा १ अर्ब ३५ करोडले यो बजेट बढेको छ । चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड  रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट १ अर्ब ३५ करोड रुपैयाँले बढेको अर्थमन्त्री बिष्णु पौडेलले बताए ।

पर्यटन क्षेत्रअन्तर्गत आगामी वर्ष सरकारले ग्रेट हिमालयन ट्रेलको गुरुयोजना पूरा गर्ने बताएको छ । काठमाडौं आसपास हाइकिङ ट्रेल र पदयात्रा मार्ग बनाउने घोषणा बजेटले गरेको छ ।