Sunday, June 28News That Matters

पशिक्षणका क्रममा प्याराग्लाइडिङ खस्दा सैनिक जवानको ज्यान गयो

पूर्णपुष्टि,चैत्र ३

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा फेवा तालमा प्याराग्लाइडिङ खस्दा नेपाली सेनाका एकजना जवानको ज्यान गएको छ । धादिङ नीलकण्ठ नगरपालिका घर भएको २३ बर्षीय राजाराम मगरको ज्यान गएको हो ।

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा हिजो दिउँसो २ः१५ बजे फेवातालमा खसेका मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।