Thursday, June 18News That Matters

पहिचान विरोधी सांसदहरुलाई गाउँ पस्न नसक्ने अवस्था बनाउँछौ : यायोख्खा केन्द्रीय अध्यक्ष हाताचो

पूर्णपुष्टि, वैशाख १२ । किरात राई यायोख्खा केन्द्रीय अध्यक्ष जिवन हाताचोले पहिचान विरोधी नेता तथा सांसदहरुलाई गाउँ पस्न रोक लगाउने चेतावनी दिएको छ । मंगलबार किरात राई यायोख्खा जिल्ला कार्य समिति उदयपुरले गाईघाटमा आयोजना गरेको प्रदेश नं १ पून : नामाङकन सघर्ष समिति घोषणाको क्रममा राईले यस्तो बताएका हुन् ।

हालै विवादित कोशी प्रदेश तत्काल खारेज गरी यसलाई पहिचानको आधारमा पून : नामाकरण गर्नु पर्ने राईले सरकारलाई अनुरोध गरे । यदि यो कुरालाई सरकारले खेलाची ठाने यसको परिणाम सुखद नहुने र यसबाट हुने क्षतीबारे सरकार जिम्मेवार रहने जनाए ।

राईले शान्तीपूर्ण आन्दोलनलाई सरकारले तत्काल सम्बोधन गरी आन्दोलनलाई सकरात्मक निष्कर्षमा पुराउनु पर्ने राईले माग गरेका छन् । यदि हैन् भने नेता तथा सांसदहरुलाई गाउँवस्तीमा रोक लगाउनुका साथै राजनितिक कार्यक्रमहरु बिथोल्ने समेत चेतावनी दिए । सिहचान अचल वस्तुलाई नभै सजिव बौद्धिक प्राणी पहिचानवादी मानवलाई चाहिएको उनले कार्यक्रममा बताए । सभ्यतालाई जातभातमा जोडेर आदिवासी जनजातिहरुको आन्दोलन र पहिचानलाई कम्जोर बनाउने सरकारको निर्णय मान्य नहुने र त्यसको विपक्षमा आफुहरु जस्तो सुकै सघर्ष गर्न समे तयार रहेको उनले जनाए ।

बरु पहिचानवादीको जति रगत पसिना बग्छ त्यो बगोस तर पहिचान मेटेर हामि पछि हट्ने छैनौ, अध्यक्ष हाताचोले भने”, उनले सरकारलाई अझै कति सहित बन्नु पर्ने अझै कति सहित तिमिहरुलाई चाहिएको छ ? भनेर समेत प्रश्न गरेको जनाए । उनले हाल सम्म शान्तिपूर्ण आन्दोलन मात्रै गरिरहेको र बाँकी दिनहरुमा सरकार अटेरी बने गम्भीर आन्दोलनले समेत रुप लिन सक्ने हाताचोले बताए ।