
पूर्णपुष्टि, २२ भदौ ।
त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले आफु पहिचानको पक्षमा गम्भीर रहेको बताएकी छिन् । पहिचान स्थापित हुन आफैमा संविधानले दिएको अधिकार प्राप्त हुनु हो भन्दै यस प्रति आफु सचेत र गम्भीर रहेको जनाईन । बुधबार किराया त्रियुगा नगर कार्यसमितिको प्रदेश नामाकरण समिक्षात्मक कार्यक्रममा राईले यस्तो बतएकी हुन् ।
पहिचानको नाममा कसैको चित्त दुखाउनु र अबुझ तरिकाले पहिचान माग्न भने गलत रहेको जनाईन् । पहिचानको नाममा अभद्र ब्यवाहारको आफु समेत सिकार भएको सुनाउँदै यस्ता खाले क्रियाकलापले पहिचान स्थापितमा मानिसको चित्त दुख्न सक्ने राईको भनाई छ । पहिचान प्राप्तीका निम्ति अध्यान र बैचारिक धारणाको गतिविधिलाई पहिचानवादीहरुले अगाडी बढाउनु पर्ने राईको भनाई छ । आफु समेत पहिचानवादी समुदायकै भएको भन्दै राज्यले स्थापित गर्नु पर्ने पहिचानको अधिकार प्राप्त भए आफुलाई कुनै आपत्ति नहुने राईको भनाई छ । उनले पहिचान र सभ्यता प्राप्त गर्न अब बैचारिक हतियारको माध्यमलाई प्रयोग गर्नु पर्ने राईको बुझाई छ ।
