Saturday, June 6News That Matters

पहिरोमा पुरिएर आमा छोराको मृत्यु

पूर्णपुष्टि, साउन २३

बैतडीको डिलाशैनीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका–४ बलालीमा बिहीबार राति करिब १२ बजे घर माथिबाट खसेको पहिरोमा पुरिएर ४० वर्षीय पशुपति बोहरा र उनका १२ वर्षीय छोरा रिकेश बोहराको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घरभित्रै सुतिरहेका आमा छोरालाई पहिरोले पुरेर मृत्यु भएको प्रहरीले जनाएको छ । १६ वर्षीया सुजिता बोहरा र १२ वर्षीया सुनिता बोहराले भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

मृतक पशुपतिका श्रीमान रोजगारीका लागि भारतको पिथौरगढमा रहेको र लकडाउनका कारण घर आउन नपाएका छिमेकीले बताएका प्रहरीले जनाएको छ ।