Tuesday, June 2News That Matters

पहिरोले घोराही–होलेरी सडक अवरुद्ध

पूर्णपुष्टि, असार १५

वर्षासँगै पहिरो खसेपछि दाङको घोराहीबाट रोल्पाको होलेरी जोड्ने सडक खण्ड  अवरुद्ध भएको छ ।

यस सडक खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सडक अवरुद्ध हुँदा गाडी बीच सडकमै रोकिएको प्रहरीले जनाएको छ ।

रोल्पा, रुकुम, सल्यान र प्युठान जिल्ला चल्ने गाडीसमेत यसै सडक भएर आवतजावत गर्ने भएकाले आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ ।

वर्षायाम सुरु भएसँगै ठाँउ–ठाउँमा पहिरो खस्दा घोराही–होलेरी सडक खण्डमा यात्रा गर्न जोखिम हुने गरेको छ ।