
पूर्णपुष्टि,भदौ ३
कालीकोटमा पहिरोले दुई वटा घर पुरिदा चार जना बेपत्ता भएका छन् । नरहरिनाथ गाउँपालिका–५ रुप्सामा पहिरोले दुई वटा घर पुरिँदा चार जना बेपत्ता भएका हुन् ।
पहिरोले घर पुरिँदा घरभित्र रहेका चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । धने सहकारी र तुले सहकारीको घर पहिरोले बगाएपछि उद्धारको लागि प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
