Monday, April 20News That Matters

पाँच जिल्लामा हैजा फैलियो, ४७ जना संक्रमित

पूर्णपुष्टि, साउन २६ ।   हालसम्म पाँच जिल्लामा हैजा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा गरी कुल ४७ जनामा हैजा संक्रमण पुष्टि भएको छ।

संक्रमितहरूको विवरण हेर्दा ललितपुरमा सबैभन्दा बढी ३४ जना, कैलालीमा ८ जना, काठमाडौँ र प्युठानमा २-२ जना तथा रुपन्देहीमा १ जना रहेका छन्।

चिकित्सकहरूले बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना बढी हुने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। दूषित पानीका कारण हैजासहित अन्य पानीजन्य रोगहरू फैलिन सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ। यस परिस्थितिमा खानेपानीको शुद्धता सुनिश्चित गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य अधिकारीहरूले जोड दिएका छन्।