Thursday, July 2News That Matters

पाँच दिनदेखि हराएकाको १ पुरुष मृत भेटिए

पुर्णपुष्टि,असोज १६ 

पाँच दिनदेखि हराइरहेका गुल्मी इस्मा गाउँपालिका–३ दर्लामचौरका एक पुरुष मृत वस्थामा भेटिएको छ । दर्लामचौरको खाँसिचौर बस्ने ४९ वर्षीय वीरबहादुर कुमाल आज मृत भेटिएको हो ।

कुमालको शव इस्मा–५ अँधेरी खोलामा सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी टोली खटि गई स्थलगत मुचुल्का गरेर शव पोष्टमार्टमका लागी गुल्मी अस्पताल तम्घास ल्याइने तयारी भईरहेको प्रहरीले जनाएको छ ।