Sunday, May 31News That Matters

पाँचथरमा एकै परिवारको तीन घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति

पूर्णपुष्टि, पुष १४
पाँचथरमा एकै परिवारको तीन घर जलेर नष्ट हुँदा ५० लाख बराबरको क्षति भएको छ । जिल्लाको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएको हो ।
ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो । काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्किँदा घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ ।

आगलागी बिहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । आगलागीमा करिब ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको जनाईएको छ ।