
पूर्णपुष्टि, भदौ १०
ललितपुरको पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।
गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका काठमाण्डौका ५४ वषीय पुरुषको गतराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
