Monday, June 22News That Matters

पानि परेपछि देशभर गर्मी बढ्दै

पुर्णपुष्टि, बैशाख १३

प्रदूषण हराएर आकाश खुल्लाभएसँगै दुई दिनयता गर्मी बढेको  छ ।

अघिल्लो हप्ता हावाहुरीसहित पानी पर्नाले प्रदूषण र तुवाँलोहराउदै गएपछि गर्मी बढेको छ । मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुँदै तापमान बढ्ने  बताएका छन् । तराईका जिल्लाहरुसँगै काठमाण्डौ र अरु ठाउँमा पनि तापमान बढेको छ ।

हिजो काठमाण्डौँको तापक्रम ३२ दशमलव ४ डिग्रि  रहेको थियो  । अस्तिको तापक्रम २९ डिग्री सेल्सियस थियो । यस्तै हिजो भैरहवाको तापक्रम ३९, नेपालगञ्जको ३८ दशमलव ३, धनगढीमा ३८ दशमलव २ र सिमरामा ३७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज पनि बिहानैदेखि नै गर्मी भईरहेको छ ।

आज काठमाण्डौको तापक्रम ३३ डिग्री पुग्न सक्ने अनुमान गरिएको छ । यस्तै दिपायलको तापक्रम ३५ देखि ३७, धनगढीको ३७ देखि ३९, विराटनगरको ३४ देखि ३६, भैरहवाको ३८ देखि ४० र जनकपुरको ३७ देखि ३९ डिग्री सेल्सियसम्म पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएका छन् ।

अहिले स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसम सफा रहने छ । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएको छ। केही दिन अघिसम्म राम्रोसँग घाम लागेन, तुवाँलो लाग्ने र वातावरण प्रदूषणले आकाश नखुल्दा चिसो महसुस भएको थियो । घामले जमिन तातेकाले गर्मी बढेको मौसमविद्ले जानकारी दिएको छ ।