Tuesday, April 28News That Matters

पानीमा डुबी बालिकाको मृत्यु

पूर्णपुष्टि, वैशाख ४ गते ।
पानीमा डुबेर झापाको अर्जुनधारामा एक जना बालिकाको ज्यान गएको छ । अर्जुनधारा नगरपालिका–४ दही झोडा स्थित पैनीको पानीमा डुबेर बालिकाको ज्यान गएको हो ।
शनिवार बेलुका साँढे ५ बजे स्थानीय मनु चेम्जोङकी ४ वर्षीया छोरी सचिना चेम्जोङ घरबाट ३ सय मिटर दक्षिणमा रहेको पानीमा मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ ।