
पूर्णपुष्टि, फाल्गुन ३
इलामको माईजोगमाई गाउँपालिका–४ स्थित माईखोलामा डुवी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई४ का दिपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकि छिन ।
हिजो बेलुकी ४ बजे माईखोलामा माछामार्ने क्रममा पानीमा डुवि अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घरमै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।
