
बिज्ञान पराजुली
पूर्णपुष्टि,असार १८ । राष्टिय स्वतन्त्र पार्टीका कोशी प्रदेश महामन्त्री लालबिक्रम थापाले गलत नियतले पार्टी प्रवेश गरि पार्टी प्रती गद्दारि गर्नेलाइ तुरुन्तै कारवाही गर्ने चेतावनी दिएका छ्न । आईतवार गाइघाट स्थित टाउनहल होटलमा आयोजित त्रियुगा नगरको प्रथम भेलालाई सम्बोधन गर्दै थापाले उक्त्त चेतावनी दिएका हुन । मिसन २०८४ लिएर आफुहरु अगाडि बढेको र यो क्रमलाई कोहि कसैले रोक्न छेक्न नसक्ने दाबी गर्दै अब आउने निर्वाचनमा आफ्नो पार्टी देशकै पहिले पार्टी हुने जिकिर गरे ।
कार्यक्रममा रास्वपा केन्द्रिय सदस्य निशा मेहताले रास्वपामा धेरैजसो युवा र बौद्धिक बर्गको जमात भएकोले ब्य्वस्था परिवर्तनको लागि सबैले एकजुट भएर हातेमालो गर्ने बेला आएको बताएका छन् । उनले आफ्ना कार्यकर्ताहरुलाइ कोहि पार्टी र ब्यक्ति प्रती पुर्वाग्रहि ढङ्गले टिकाटिप्पणी नगर्न आग्रह सम्मेत गरेका हुन । भेलाको उदघाटन पछि भएको बन्दसत्रबाट उत्तम रिजालको सभापतित्वमा ११ सदस्य नगर समिति सर्वसम्मत चयन भएको छ भने तत्काललाई सचिव पद खाली राखिएको उदयपुर जिल्ला संयोजक एबम कोशी प्रदेश सदस्य चित्र कुमार कार्कीले जानाकरी दिए । समितिको उपसभापतिमा कौसिला कार्की, कोसाध्यक्षमा रमा रेग्मी, त्यस्तै सदस्यहरुमा डिल्ली नारायण श्रेष्ठ ,धनराज चौधरी ,सीता परियार चयन भएका छ्न् । त्यसैगरी प्रबिस कुमार शाह , निर्मला बुढाथोकी राउत , रिता कटुवाल र तेज बहादुर कटुवाल मनोनीत भएका छ्न ।
रास्वपाले आफ्नो पार्टीले फरक अभ्यास गर्ने भन्दै भेलामा सहभागी मध्य जेष्ठ सदस्यलाई प्रमुख अतिथी बनाएको थियो । जिल्लामा हालसम्म भएको गतिविधि एबम भाबी योजना बारे जानकारी गराइएको थियो ।
