Tuesday, June 2News That Matters

पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भएपछि खाता खोल्न हिँडेकी वृद्धाको बाटैमा मृत्यु

पूर्णपुष्टि, माघ २
बैंक खाता नभइ वृद्धभत्ता नदिने भएपछि खाता खोेल्न हिँडेकी ६० वर्षीया एक वृद्धाको बीच बाटोमै ज्यान गएको छ । कालीकोट जिल्लाको पलाँता–३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बाटैमा ज्यान गएको हो ।
पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि बम खाता खोल्नको लागि करिब १० किलोमिटर टाढाको थिर्पु जादैँ थिइन् । सोही क्रममा वृद्धाको ज्यान गएको हो । १० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न हिडेकी थिइन् ।