
पूर्णपुष्टि,११ कार्तिक
लुम्बिनी मेडिकल कलेज तानसेन पाल्पामा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुष र पूर्वखोला गाउँपालिकाकी–३ की ६९ वर्षीया महिलाको मृत्यु भएको हो ।

दुबै कोरोना संक्रमितको हिजो राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषमा कोरोना संक्रमण पछि स्वासप्रश्वासको समस्या बढ्दै गएपछि रुपन्देहीको अस्पतालमा भन्टिलेटर नपाएपछि उनलाई पाल्पाको लुम्बिनी मेडिकल कलेज तानसेनमा असोज ४ गते भर्ना गरिएको थियो ।

पाल्पा पूर्वखोलाकी महिला दुर्घटनामा परी उपचारको लागि मेडिकल कलेज ल्याएको थियो । केही संकास्पद लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा रिर्पोट पोजिटिभ आएको कार्यालयले जनाएको छ ।

