Sunday, June 28News That Matters

पाल्पामा १२१ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार ११

पाल्पामा थप १ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै पाल्पाका कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ ।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका ९३ जना र प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा २८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

भैरहवामा गरिएको परीक्षणमा पहिलो पटक तानसेन नगरपालिकाका ३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । तानसेन बतासेडाँडाको क्वरेण्टीनमा रहेका २ जना ३२ वर्षका र १ जना ४१ वर्षका पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो । पाल्पाका १० वटै पालिकामा कोरोना सङ्क्रमित भेटिएका छन् ।